कोरोना कहर : अमेरिकामा एकैदिन २ हजार बढीको मृत्यु, ५ लाख संक्रमित अमेरिकामै

काठमाडौं । महामारीको रुप लिएर सारा विश्वलाई ग्रस्त बनाएको कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म विश्वमा १ लाख २ हजार ७३४ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै १६लाख ९९ हजार ६३१ जनामा अहिलेसम्म कोरोना भाइरसको संक्रमण रहेको छ । त्यस्तै ३ लाख ७६ हजार ३२७ जना उपचार पछि निको भएका छन् ।

२१० देशमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा यो समाचार तयार पार्दा सम्म कोरोना भाइरसको महामारीका कारण १८ हजार ७४७ जनाले ज्यान गएका छन् । साथै ५ लाख २ हजार ८७६ जनामा संक्रमण रहेको छ ।

साथै अमेरिकामा मात्रै १० हजार ९१७ जनाको अवस्था गम्भीर रहेको छ । अमेरिकाको न्युयोर्कमा १ लाख ७२ हजार ३५८ जनालाई संक्रमण भएको छ भने ७ हजार ८४४ जनाले ज्यान गुमाएका छन् ।

न्युजर्सीमा कोरोना भाइरसको महामारीका कारणअहिलेसम्म १ हजार ९३२ जनाले ज्यान गुमाएका छन् ।

मिशिगनमा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या १ हजार २८१ रहेको छ भने संक्रमितको संख्या २२ हजार ७८३ रहेको छ ।

त्यस्तै क्यालिफोर्नियामा भाइरसका कारण २१ हजार ७३ जनामा संक्रमण फैलिएको छ भने, ५८४ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा शुक्रवार मात्रै ३३ हजार ७५२ जना नयाँ संक्रमित पाईएको छ भने शुक्रवार मात्रै अमेरिकामा २ हजार ३५ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?