काठमाडौं । कोरोना भाइरसको महामारीबाट सारा विश्व ग्रसित छ । यो समाचार तयार पार्दासम्म विश्वमा १ लाख ३ सय ७१ जनाले ज्यान गुमाएका छन् भने १६ लाख ५२ हजार ६२५ जनामा संक्रमण रहेको छ ।
त्यस्तै ३ लाख ६९ हजार ९३७ जना उपचार पछि निको भएर घर फर्किएका छन् । अहिलेसम्म विश्वमा ५० हजार १६१ जनाको अवस्था गम्भीर रहेको छ ।
यसैबीच कोरोनाको महामारीबाट प्रताडित देश बेलायतमा महामारीका कारण मृत्यु हुनेको संख्या ८ हजार ९५८ पुगेको छ । साथै संक्रमितको संख्या ७० हजार २७२ जनामा संक्रमण रहेको छ ।
त्यस्तै १३५ जना उपचार पछि निको भएका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पनि कोरोनाको संक्रमण छ ।
उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि मंगलवार उनलाई अस्पतालले आईसीयुमा राखेर उपचार शुरु गरेको थियो । शुक्रवार भने, उनको अवस्था सामान्य बनेको भन्दै अस्पतालले उनलाई आईसीयू वार्डबाट बेडमा सारेको छ ।
आजमात्रै बेलायतमा ९८० जनाले ज्यान गुमाएका छन् । साथै ५ हजार १९५ जना नयाँ संक्रमित आजमात्रै थपिएका छन् । त्यस्तै कोरोनाको कारण बेलायतमा १५ सय ५९ जनाको अवस्था गम्भीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया