काठमाडौं । संसारभरि नै कोभिड १९ को बिरामी तथा मृतकहरुको संख्या दिनानुदिन बढिरहेको अवस्थालाई मध्यनजर गर्दै नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले नेपाली कांग्रेससँग आवद्ध विदेश स्थित नेपाली जनसम्पर्क समितिका अध्यक्षसँग छलफल गरेका छन् ।
भिडियो कन्फ्रेन्समार्फत भ्एको छलफलमा २६ देशका जनसम्पर्क समितिका अध्यक्ष÷संयोजकहरुले भागलिएका थिए ।
विभागका प्रमुख भट्टराईले विदेशमा रहेका नेपालीहरुको समस्याका सम्बन्धमा नेपाली कांग्रेस गम्भिर र संवेदनशील रहेको बबताएका थिए ।
बिदेशमा रहेका नेपालीलाई सचेत गराउँदै विविध ढंगले नेपाली जनसम्पर्क समितिहरुले सहयोग गरिरहेको भूमिका प्रशंसनीय रहेको छ र यो जटिल परिस्थितिमा सम्पूर्ण साथीहरु एकतावद्ध भएर काम गर्न समेत उनले आग्रह गरे ।
जनसम्पर्क समितिका अध्यक्षहरुले आआफ्नो देशमा भएका समस्याका बारेमा अवगत गराएका थिए ।
छलफलमा आनन्द (गोरख) विष्ट (अमेरिका), पदम सुन्दर गुरुङ्ग (वहराइन), सीता सापकोटा (बेल्जियम), लेखबहादुर गुरुङ्ग (मकाउ), कृष्ण गिरी (अष्टेलिया), वुद्धिप्रकाश ओली (क्यानडा), वीरेन्द्रसिंह कार्की (डेनमार्क), भुवानीप्रसाद तिमिल्सीना (युएई), आस्था विन्दु मल्ल (दक्षिण कोरिया), जितेन्द्र शाही (नर्वे), सुधीर राना (फ्रान्स), श्याम सापकोटा (स्वीजरलैण्ड), शंकर न्यौपाने (कार्यवाहक, कतार), शिखर खड्का (जर्मनी), इन्द्र शर्मा (स्पेन), सालिक चापागाई (कार्यवाहक, ओमान), खगेश्वर अधिकारी (इजरायल), चोलाकान्त पंगेनी (मलेसिया), राजेन्द्र विरही (कुवेत), सीता अर्याल (साइप्रस), विनोद घिमिरे (पोर्चुगल), प्रेम गुरुङ्ग (नेदरलैण्ड), रोशन के.सी. (जापान) लगायतका लगायत सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया