इण्डोनेशियामा ३५ स्वास्थ्यकर्मीको निधन

काठमाडौं । इण्डोनेशियामा कोरोना भाइरसका कारण ३५ स्वास्थ्यकर्मीको निधन भएको छ ।

सारा विश्वभरि नै आफ्नो प्रकोपले ग्रस्त बनाईरहेको कोरोनाले इण्डोनेशियामा उपचारमा खटिएका ३५ स्वास्थ्यकर्मीको ज्यान गएको हो ।

व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) कमी भएको कारण इण्डोनेशियामा २६ डाक्टर र ९ नर्सको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

२७ करोड भन्दा धेरै जनसंख्या भएको इण्डोनेशियामा अहिलेसम्म कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म ३०६ जनाले ज्यान गुमाएका छन् भने ३ हजार ५१२ जनामा संक्रमण देखिएको छ ।

आज मात्रै इण्डोनेशियामा २६ जनाले ज्यान गुमाएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?