कोरोना भाइरसबाट बेलायतमा फेरी एक नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणले बेलायतमा ज्यान गुमाउने नेपालीहरुको संख्या बढ्दै गएको छ ।

बितेका तीन दिन भित्र आधा दर्जन नेपालीहरुको ज्यान गईसकेको छ ।

त्यस्तै आफ्नो नातीको विवाहको सिलसिलामा बेलायत भ्रमणमा रहेका कर्ण बहादुर क्षेत्रीको पनि कोरोनाका कारण निधन भएको छ ।

सामान्य रुपमा डाइरिया लागेको र खानाको स्वादको फरक महशुस हुन थालेपछि उनलाई लण्डनको नर्थवीक पार्क अस्पतालमा भर्ना गरिएको थियो ।

आईसीयूमा उपचारकै क्रममा उनको निधन भएको बताइएको छ । बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ९७८ हजार नाघिसकेको छ । विस्वभरि कोरोनाबाट मृत्यु हुनेको संख्या ९७ हजार ५६ पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?