चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले हावाहुरीसहित वर्षाको सम्भावना देखिएको बताएको छ । देशको पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ र हावाहुरी सहित क्षणिक वर्षा हुन सक्ने देखिएकोले सामान्य सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखा अनुरोध गरेको छ ।

देशको पश्चिमी भू–भाग तथा पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । महाशाखाले शुक्रबार दिउँसोको देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ ।

यस्तै, राति देशको पश्चिमी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । पश्चिमी पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र २८ गते (शुक्रबार)

दिउँसोः देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही एक-दुई स्थानमा मेघगर्जनरचट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पश्चिमी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

चैत्र २९ गते (शनिबार)

दिउँसोः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। मध्य तथा पश्चिमी पहाडी भू-भागमा अपरान्ह पछि सामान्य बदली भई एक-दुई स्थानमा मेघगर्जनरचट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। मध्य तथा पूर्वी पहाडी भू-भागमा सामान्य बदली भई एक-दुई स्थानमा मेघगर्जनरचट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

चैत्र ३० गते (आईतबार)

दिउँसोः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

रातीः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?