काठमाडौं । तेलेगु इण्डस्ट्रीमा काम गर्ने टिभी एंकर तथा एक्ट्रेस विश्वशान्तीको मृत्यु भएको छ । उनको अचानक मृत्यु भएको कुराले पूरा इण्डस्ट्रीमै धक्का लागेको भारतीय सञ्चारमाध्यमहरुले खबर प्रकाशित गरेका छन् ।
उनको शव शंकास्पद अवस्थामा भेटिएको प्रहरीले बताएको छ । उनको शव प्रहरीले हैदरावादको घरमा शंकास्पद अवस्थामा शव फेला पारेको थियो।
एक्ट्रेस विश्वशान्ती एल्लारेड्डी गुडा इन्जिनियर्स कोलोनीमा बस्दै आएकी थिइन् । उनको अचानक मृत्यु भएपछि बिभिन्न प्रश्न उठ्न थालेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार बिहीवार विहान पुलिसले उनलाई हैदरावादमा मृत अवस्थामा फेला पारेको थियो । उनी कोलोनीको पाचौँ तलामा बस्ने गर्दथिन् ।
जब उनी आफ्नो घरबाट बाहिर निस्किन छोडिन्, त्यसपछि छिमेकीहरुले त्यसबारेमा सूचना पुलिसलाई दिएका थिए । तत्काल पुलिस घटनास्थल पुग्दा ढोका बन्द गरिएको थियो ।
ढोका फोरेर पुलिस घरभित्र पुग्दा विश्वशान्तीलाई मृत अवस्थामा फेला पारेको थियो । अहिलेसम्म उनको मृत्यु कसरी भयो भन्ने बारेमा पत्ता लाग्न सकेको छेन ।
पुलिसले त्यसबारेमा अनुसन्धान गरिरहेको भारतीय सञचारमाध्यमले बताएका छन् । उनले तेलेगु सिरियल्स र शोजमा काम गरेकी थिइन् । धेरैजसो रोल उनले सहायक कलाकारमा निभाएकी थिइन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया