कोरोना महामारी : इटालीमा सबैभन्दा धेरैको मानिसको मृत्यु, कति छन् संक्रमित ?

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको कारण अहिलेसम्म विश्वभर ९५ हजार ७२५ जनाको ज्यान गएको छ भने १६लाख ३ हजार ७५० जनामा संक्रमण फैलिएको छ ।

त्यस्तै ३ लाख ५६ हजार ६५६ जना उपचार पछि निको भएर घर फर्किएका छन् । त्यस्तै विश्वभर ४९ हजार १२७ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोनाका कारण संसारकै सबैभन्दा प्रताडित देश इटालीमा यो समाचार तयार पार्दासम्म १८ हजार २७९ जनाले ज्यान गुमाएका छन् भने १ लाख ४३ हजार ६२६ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

त्यस्तै इटालीमा अहिलेसम्म २८ हजार ४७० जना उपचार पछि निको भएर घर फर्किएका छन् । त्यस्तै इटालीमा मात्रै ३ हजार ६०५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

बिहीवार मात्रै इटालीमा ४ हजार २०४ जनामा संक्रमण देखिएको छ भने बिहीवार नै भाइरसको महामारीका कारण ६१० जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?