सरकारले लकडाउन गरेपछि त्यसको फाइदा उठाउँदै केही व्यवसायीले खाद्यान्नको मूल्य बढाउन थालेका छन् । ढुवानी भाडा बढेको र सामान ओसार्ने चालक नपाएको जनाउँदै उनीहरुले मूल्य बढाएका हुन् ।
लकडाउनयता सामानअनुसार किलोमा ५ रुपैयाँदेखि २० रुपैयाँसम्म मूल्य बढेको खुद्रा तथा होलसेल व्यवसायी बताउँछन् ।
नियमक निकाय बाणिज्य आपूर्ति तथा हित संरक्षण विभागले भने अनुगमनमा चासो समेत नदिएको कान्तिपुर दैनिकले खबर लेखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया