कोरोना हाहाकार : अमेरिकामा एकैदिन १९०० को मृत्यु, विश्वका झन्डै आधा संक्रमित अमेरिकामै

काठमाडौं । सारा विश्वका लागि स्वास्थ्य क्षेत्रको ठूलो चुनौति बनेको कोरोना भाइरसका कारण अहिलेसम्म सारा विश्वमा ९५ हजार ७२२ जनाको ज्यान गएको छ भने विश्वभर यो समाचार तयार पार्दासम्म १६ लाख २ हजार ७१९ जनामा यसको संक्रमण देखिएको छ ।

त्यस्तै ३ लाख ५६ हजार ६५५ जना किो भएर घर फर्किएका छन् । त्यस्तै अत्याधिक प्रभावित देश अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका कारण ६हजार ६९१ जनाको मृत्यु भएको छ भने ४ लाख ६८ हजार ५६६ जनामा संक्रमण देखिएको छ ।

अमेरिकामा १० हजार ११ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । त्यस्तै अमेरिकाको न्युयोर्कमा यो समाचार तयार पार्दासम्म ७ हजार ६७ जनाको ज्यान गएको छ भने त्यहाँ मात्रै १ लाख ६१ हजार ५०४ जनामा संक्रमण रहेको छ ।

त्यस्तै न्युजर्सीमा मृतकको संख्या ५१ हजार २७ जनामा संक्रमण रहेको छ भने १७०० जनाले ज्यान गुमाएका छन् । त्यस्तै मिशिगनमा अहिलेसम्म १ हजार ७६ जनाले ज्यान गुमाएका छन् भने २१ हजार ५०४ जनामा संक्रमण फैलिएको छ ।

त्यस्तै क्यालिफोर्नियामा अहिलेसम्म १९ हजार ९७१ जनामा संक्रमण फैलिएको छ भने ५५९ जनाले ज्यान गुमाएका छन् ।

बिहीवार मात्रै अमेरिकामा ३३ हजार ५३६ जनामा संक्रमण फैलिएको छ भने बिहीवार नै अमेरिकामा १९०० जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?