काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण समाचार तयार पार्दासम्म ९५ हजार ७ सय १ जनाले ज्यान गुमाएका छन् । भने १६ लाख ३ हजार ६ सय ४८ जनामा कोरोनाको संक्रमण देखिएको छ । साथै ३ लाख ५६ हजार ४ सय ४० जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
कोरोनाको महामारीबाट अत्याधिक प्रभावित देश इटालीमा अहिलेसम्म १८ हजार २७९ जनाले ज्यान गुमाएका छन् भने १ लाख ४३ हजार ६ सय २६ जनामा कोरोनाको संक्रमण पाइएको छ ।
त्यस्तै अर्को देश अमेरिकामा अहिलेसम्म १६ हजार ६ सय ९१ जनाको ज्यान गएको छ । भने ४ लाख ६८ हजार ६ सय ५६ जनामा संक्रमण पाइएको छ ।
त्यस्तै स्पेनमा अहिलेसम्म मृतकको संख्या १५ हजार ४ सय ४७ जनाको ज्यान गएको छ । भने १ लाख ५३ हजार २ सय २२ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै फ्रान्समा अहिलेसम्म १२ हजार २ सय १० जनाले ज्यान गुमाएका छन् । भने १ लाख १७ हजार ४ सइ ४९ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै चीनमा अहिलेसम्म कोरोना भाइरसका कारण ३ हजार ३ सय ३६ जनाले ज्यान गुमाएका छन् भने ८१ हजार ९ सय जनामा संक्रमण देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया