काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वकै ठूलो चुनौति बनेको कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म विश्वभर ९१ हजार ८२८ जनाको ज्यान गएको छ भने ३ लाख ४५ हजार ८३३ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
त्यस्तै १५ लाख ५४ हजार ९६० जनामा कोरानाको संक्रमण रहेको छ भने ४८ हजार ५१० जनाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।
कोरोनाको महामारीबाट अत्याधिक प्रभावित देश अमेरिकामा अहिलेसम्म १५ हजार ८२४ जनाले ज्यान गुमाएका छन् भने ४ लाख ४० हजार ६७९ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
त्यस्तै २४ हजार ५४७ जना स्वास्थ्य उपचार पछि निको भएर घर गएका छन् । त्यस्तै अमेरिकाको अति प्रभावित शहर न्युयोर्कमा अहिलेसम्म ७६ हजार ६७ जनाले ज्यान गुमाएका छन् भने त्यहाँ मात्रै १ लाख ५१ हजार १७१ जनामा संक्रमण रहेको छ । त्यस्तै आजमात्रै त्यहाँ ७९९ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै न्युजर्सीमा यो समाचार तयार पार्दासम्म १५ सय ४ जनाले ज्यान गुमाएका छन् त्यहाँ संक्रमितको संख्या ४७ हजार ४३७ रहेको छ ।
त्यस्तै मिशिगनमा अहिलेसम्म ९५९ जनाले ज्यान गुमाएका छन्, क्यालिफोर्नियामा भाइरसको कारण ५०८ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै अमेरिकामा आजमात्रै १ हजार ३८ जनाले ज्यान गुमाएका ५न् भने आजै थप ५ हजार ८६२ नयाँ संक्रमित पाइएका छन् । अमेरिकामा यो समाचार तयार पार्दासम्म ९ हजार ३१८ जनाको अवस्था गम्भीर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया