कोरोनाले मच्चायो जताततै हाहाकार : ९१ हजार भन्दा धेरैको मृत्यु, झनै बढे संक्रमित

काठमाडौं । सारा विश्वका लागि स्वास्थ्य चुनौति बन्दै आएको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म ९१ हजार ६११ जनाले ज्यान गुमाएका छन् भने १५ लाख ४८ हजार ४०१ जनामा कोरोनाको संक्रमण देखिएको छ । त्यस्तै ३ लाख ४४ हजार ५९६ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै विश्वभर कोरोना भाइरसको महामारीका कारण ४८ हजार ४२३ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोनाको महामारीबाट अत्याधिक प्रभावित देश इटालीमा अहिलेसम्म १८ हजार २७९ जनाले ज्यान गुमाएका छन् भने १ लाख ५२ हजार ६२६ जनामा कोरोनाको संक्रमण पाइएको छ ।

त्यस्तै अर्काे देश अमेरिकामा अहिलेसम्म १५ हजार ७४४ जनाको ज्यान गएको छ भने ४ लाख ३८ हजार ५८२ जनामा संक्रमण पाइएको छ ।

त्यस्तै स्पेनमा अहिलेसम्म मृतकको संख्या १५ हजार २३८ जनाको ज्यान गएको छ भने १ लाख ५२ हजार ४४६जनामा संक्रमण देखिएको छ । त्यस्तै फ्रान्समा अहिलेसम्म १० हजार ९६९ जनाले ज्यान गुमाएका छन् भने १ लाख १२ हजार ९५० जनामा संक्रमण देखिएको छ ।

त्यस्तै चीनमा अहिलेसम्म कोरोना भाइरसका कारण ३ हजार ३३५ जनाले ज्यान गुमाएका छन् भने ८१ हजार ८६५ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै ईरानमा अहिलेसम्म ४ हजार ११० जनाले ज्यान गुमाएका छन् भने ६६ हजार २२० जनामा संक्रमण देखिएको छ ।

त्यस्तै युकेमा अहिलेसम्म भाइरसको कारण ७ हजार ९७ जनाले ज्यान गुमाएका छन् भने ६० हजार ७३३ जनामा संक्रमण देखिएका छन् ।

त्यस्तै बेल्जियममा कोरोनाका कारण अहिलेसम्म २ हजार ५२३ जनाको ज्यान गएको छ भने २४ हजार ९८३ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म २ हजार ३ सय ९६ जनाले ज्यान गुमाएका छन् भने २१ हजार ७६२ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै जर्मनीमा अहिलेसम्म कोरोनाका १ लाख १४ हजार २५७ जनामा संक्रमण पाइएको छ भने मृतकको संख्या २ हजार ३४९ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?