काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन र ह्वाइट हाउसकी इन्टर्न मोनिका लेविन्स्कीबीचको संवाद गोप्य रुपमा रेकर्ड गरेर चर्चामा आउनु भएकी लिन्डा ट्रिपको ७० वर्षको उमेरमा बुधबार क्यान्सर रोगबाट निधन भएको छ । यही रेकर्ड काण्डका कारण क्लिन्टन विरुद्ध सन् १९९८ मा संसदमा महाभियोग लगाइएको थियो ।
लिन्डाको मृत्युका बारेमा वकील जोसेफ मर्थाले जानकारी दिएका थिए । तर उनले मृत्युका बारेमा थप विवरण दिन अस्वीकार गरिन ।
सन् १९९४ को अगस्टमा लिन्डा ट्रिप अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा सार्वजनिक मामिला विज्ञका रुपमा नियुक्त भएकि थिईन् । त्यहीबखत लेविन्स्की पनि ह्वाइट हाउसमा इन्टर्नका रुपमा कार्यरत थिइन् । त्यही सिलसिलामा दुबैबीच मित्रता कायम भएको थियो ।

ट्रिपले लेविन्स्कीसँगका गोप्य कुराहरु रेकर्ड गरेकी थिईन् । कुराकानीका क्रममा लेविन्स्कीले राष्ट्रपति क्लिन्टनसँग आफ्नो प्रेम सम्बन्ध रहेको बताएकी थिईन् । ट्रिपले लेविन्स्कीसँग गर्नु भएको २० घण्टाभन्दा बढी समयको टेप राष्ट्रपतिको मामिलाको अनुसन्धान गरिरहेका वकील केनेथ स्टारलाई दिएकी थिईन् । यही अनुसन्धानका आधारमा क्लिन्टनमाथि महाभियोग लागेको थियो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया