लण्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा नेपालीहरुले पनि ज्यान गुमाउने संख्या बढ्दै गएको छ ।
वितेको दुई दिन भित्र ४ जना नेपालीहरुको ज्यान गैसकेको छ । तेस्तै बेलायतको ननिटन क्षेत्रमा बस्दै आएका ५६ वर्षीय भूपू गोर्खा मेखबहादुर गुरुङको बुधबार निधन भएको हो ।
आइसोलेसनमा बस्दै आएका गुरुङ स्वास्थ्यस्थिति कम्जोए बन्दै गएपछि अस्पताल भर्ना भएका थिए । मृतक गुरुङ कोरोनाको संक्रमणका कारण अस्पतालमा उपचारकै क्रममा निधन भएको पर्वत वेल्फेयर सोसाइटी यूकेका अध्यक्ष नेत्र आलेले जानकारी दिए ।
पर्वत जिल्लाको महाशिला गाउँपालिका अन्तर्गत भोक्सिङ देउराली घर भएका गुरुङ श्रीमतीसहित बेलायत बस्दै आएका थिए । बेलायतमा कोरोनाको संक्रमणबाट ७ हजार भन्दा बढीको ज्यान गैसकेको छ भने आधा दर्जन जति नेपालीले पनि ज्यान गुमाइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया