काठमाडौं । ईरानमा विषालु अल्कोहल पिएपछि ६०० जनाको ज्यान गएको छ । गत मंगलवार विषालु अल्कोहल पिएका ६०० जनाको ज्यान गएको हो ।
अल्कोहल पिएका अन्य तीन हजार जनाको स्वास्थ्य अवस्था बिग्रीएको कारण उनीहरुको अस्पतालमा उपचार भईरहेको छ ।
डेली मेलका अनुसार मंगलवार ईरानका प्रवक्ता घोलम हुस्यान इस्माइलीले, कोरोना भाइरसको औषधि भन्दै ‘नीट अल्कोहल’ पिएपछि ६०० जनाको ज्यान गएको बताएका हुन् ।
इस्माइलीले विषालु अल्कोहल पिएपछि मृत्यु भएका मानिसहरुको आँकडा अत्याधिक रहेको र आफ्नो आशंका झनै धेरै रहेको बताएक छन् । उनले भने, ‘अल्कोहल पिउँदा रोग ठीक हुँदैन, बरु त्यसले ज्यान लिन सक्छ ।’
तस्मिन न्युज एजेन्सीसँग कुरा गर्दै उनले उक्त केसमा केहि मानिसहरुलाई गिरफ्तार गरिएको बताएका छन् । गिरफ्तार मानिसहरुमा अपराधिक गतिविधि गरेको भन्दै मुद्धा चलाईएको छ ।
ईरानका सांसदहरुमा थोरैमा पनि ३१ सदस्यहरुमा कोरोना पोजेटिभ पाइएको छ ।
ईरानमा कोरोना भाइरसका कारण मृतकको संख्या ३ हजार ९९३ पुगेको छ । साथै ुंक्रमितको संख्या ६४ हजार ५८६ जनामा संक्रमण पाईएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया