कुवेतमा थप एक नेपालीमा कोरोना संक्रमण, संक्रमित नेपालीको संख्या ४ पुग्यो

काठमाडौं । खाडी मुलुक कुवेतमा थप एक जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ।

कुवेतको स्वास्थ्य मन्त्रालय ९ःइज्० ले थप एकजना नेपालीमा कोरोना संक्रमण पुष्टि गरेको हो । योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या चार पुगेका छ।

कुवेतमा कोरोना भाइरसबाट गत २४ घन्टामा थप ५५ जना नयाँ संक्रमित बढे सँगै कोरोना संक्रमितको संख्या ९१० पुगेको छ।

तीमध्ये १ सय ११ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै २२जनाको गम्भीर अवस्थामा उपचार भैरहेको छ।७९८ जना संक्रमितहरुको उपचार भैरहेको जनाईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?