लकडाउनमा खाना घर लिएर जान चाहन्थे युवक, भयो झगडा, गयो ज्यान

काठमाडौं । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै संसारका अधिकांश देशहरुले पूरा देश नै लकडाउन गरेका छन् । भारतमा पनि कोरोनालाई मध्यनजर गर्दै लकडाउन जारी छ ।

यसैबीच भारतको दिल्लीस्थित फशै ईलाकामा बुधवार खानेकुरा बाँडिदै थियो । सडक किनारमा पुरी तथा शब्जी बाँडिदै थियो । त्यही बेला एक युवक पनि त्यहाँ पुरी तथा शब्जी लिनका लागि आईपुगे ।

उक्त युवकले दिएको भन्दा अलि धेरै शब्जी मागेका थिए । दिल्ली पुलिसका अनुसार युवकले अलि धेरै शब्जी मागेको निहुँमा खाना बाँडीरहेका युवकलाई रिस उठ्यो र घटना झगडासम्म पुग्यो ।

त्यहि बेला शब्जी मागिरहेका युवकका पिता त्यहा आईपुगे । उनले झगडा रोक्ने धेरै प्रयाश गरे तर टाउकोमा गम्भीर चोट लागेको कारण युवक गम्भीर घाईते हुन पुगे ।

त्यसपछि अस्पताल पुर्याएको उक्त युवकलाई डाक्टरले मृत घोषित गरेको दिल्ली पुलिसले बताएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार शब्जी माग्दै गरेका युवक त्यहि नजिकै रहन्थे ।

शब्जी बाँडिरहेका ति युवक भने अहिले फरार रहेको र उनको खोजी भईरहेको दिल्ली पुलिसले बताएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?