अमेरिकामा कोरोनाको कहर : एक दिनमै १९४० जनाको मृत्यु, विश्वका झन्डै आधा संक्रमित अमेरिकामै

काठमाडौं । कोरोना भाइरसको महामारी सारा विश्वमा नै अहिले तीव्र गतिमा फैलिरहेको छ । अहिलेसम्म विश्वभर १५ लाख १८ हजार ७१९ जनामा कोरोनाको संक्रमण देखिएको छ भने ८८ हजार ५०२ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै ३ लाख ३० हजार ५८९ जना उपचार पछि निको भएका छन् । कोरोनाले अत्याधिक प्रभावित देश अमेरिकामा अहिलेसम्म १४ हजार ७९५ जनाले ज्यान गुमाएका छन् भने ४ लाख ३५ हजार १२८ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै अमेरिकामा अहिलेसम्म २२ हजार ८९१ जना उपचार पछि निको भएका छन् । अमेरिकाको न्युयोर्कमा मात्रै अहिलेसम्म ६हजार २६८ जनाले ज्यान गुमाएका छन् भने त्यहाँ मात्रै १ लाख १ लाख ५१ हजार १७१ जनामा संक्रमण रहेको छ ।

त्यस्तै अमेरिकाको न्युजर्सीमा अहिलेसम्म १ हजार ५०४ जनाले ज्यान गुमाएका छन् भने त्यहाँ ४७ हजार ४३७ जनामा संक्रमण पाइएको छ । त्यस्तै मिशिगनमा अहिलेसम्म २० हजार ३४६ जनामा कोरोनाको संक्रमण पाइएको छ भने, त्यहाँ ९५९ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै अमेरिकाको क्यालिफोर्नियाा अहिलेसम्म ५०५ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १९ हजार ३१ जनामा संक्रमण देखिएको छ ।

आजमात्रै त्यहाँ ७ जनाले ज्यान गुमाएका छन् भने थप २०१ जनामा कोरोनाको संक्रमण पाइएको छ ।

अमेरिकामा बितेको २४ घण्टामा मात्र १९ सय ४० जनाले ज्यान गुमाएका छन् । अमेरिकामा ९ हजार २७९ जनाको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?