बहराइनमा २२ जना नेपालीलाई काेराेना संक्रमण

काठमाडौं । बहराइनमा काेराेना संक्रमित हुने नेपाली २२ जना पुगेका छन् । बहराइनकाे मनामास्थित नेपाली राजदुतावासले विज्ञप्ति जारी गर्दै २२ नेपालीमा काेराेना संक्रमण देखिएकाे जनाएकाे हाे । यसअघि नै १२ नेपालीमा र बुधबार थप १० जना गरि २२ नेपालीमा कोरोना सङ्क्रमण देखिएको दुतावासले जनाएको छ।

एक क्याम्पमा विदेशी नागरिकलाई काेराेना भाईरस देखिएपछि ४०० जनालाई क्वारेन्टाइनमा राखिएको र त्यसमा थप १० जना नेपाली काेराेना संक्रमित देखिएकाे दुतावासले विज्ञप्तिमा भनेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?