भारतमा ५७ सय नाघे कोरोना संक्रमित, १७८ ले ज्यान गुमाए

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ५७ सय नाघेको छ । बुधबारसम्म भारतमा कोरोनाबाट ५७ सय ४९ जना संक्रमित भएका हुन् ।

यस्तै अहिलेसम्म १७८ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । भारतमा बुधबारमात्रै १८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म भारतमा ५०६ जना निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म भारतमा १६७ जनाको कोरोना टेस्ट भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?