कतारमा कोरोनाबाट ६ जनाको मृत्यु

काठमाडौं । कतारमा कोरोनाबाट ५ जनाको मृत्यु भएको समाचार छ । यस्तै २२१० जना संक्रमित रहेको पनि बताइएको छ ।

अहिलेसम्म कतारमा १४ हजार ५१५ जनाको टेस्ट गर्दा २२१० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म कतारमा १७८ जना निको भएको बताइएको छ ।

नेपालीहरु समेत ठूलो संख्यामा कार्यरत रहेको कतारमा नेपाली संक्रमित रहेको नरहेको खुल्न सकेको छैन । कतारले संक्रमितको राष्ट्रियतान खुलाएका कारण जानकारी आउन नसकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?