बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ३ सय ५३ पुग्यो

काठमाडौं । बेलायतमा कोरोना भाइरस (कोभिड१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ३सय ५३ पुगेको छ । पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ सय३६ पुगेपछि यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या ७ हजार १ सय ३६ पुगेको छ ।

कोरोना भाइरसको संक्रमणलाईनियन्त्रण गर्न बेलायत सरकारद्वारा जारी टीन हप्ते लकडाउन अर्को हप्ता सोमबारबाट सकिंदैछ ।

कोरोना भाइरसको संक्रमणबाट पीडित प्रधानमन्त्री बोरिस जोन्सनलाई गत सोमबारदेखिलण्डनस्थित एक अस्पतालको ‘आइसियू’ मा राखिएको छ । पछिल्लोजानकारी अनुसार उनको स्वास्थ्य अवस्था स्थीर रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?