७६ दिनपछि लकडाउन हट्दा चीनवासीले मनाए खुशीयाली, के भने सामाजिक सञ्जालमा ?

काठमाडौं । कोरोना भाइरस चीनको वुहान शहरबाट विश्वमा फैलिएको भनिँदै आए पनि चीनले भने आफ्नो देशबाट कोरोना भाइरस नफैलिएको बताएको छ ।

चीनको वुहान शहर गएको ७६ दिन यता लकडाउन थियो । तर अब भने शहरबाट लकडाउन हटेको छ । पूरा देशले लकडाउन हटेकोमा खुशीयालीका मनाएका छन् ।

त्यति मात्रै होइन, पूरा शहरबासीहरुले लकडाउन खुलेकोमा आफ्ना मनका भावनाहरु सामाजिक सञ्जालमा पोख्न थालेका छन् । उनीहरु सोसल मिडियामा वुहान ट्रेन्ड गरिरहेका छन् ।

 

https://twitter.com/Dejiimole_/status/1247801150725709826

 

चीनको वुहान शहरमा डिसेम्वर महिनाको अन्तिम दिनमा कोरोना भाइरसको पहिलो केस देखा परेको थियो । त्यसपछि संक्रमितहरुको संख्या बढ्दै गएपछि महामारीलाई मध्यनजर गर्दै चीन सरकारले २३ जनवरी देखि वुहान शहर लकडाउन गरेको थियो । लकडाउनका कारण १ करोड भन्दा धेरै मानिसहरु आफ्नो घरमा कैद भएका थिए । ७६ दिनपछि शहरमा लकडाउन हटेको हो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?