‘डब्ल्युएचओ’को यस गल्तीका कारण विश्वभर फैलियो कोरोना, प्रमुखको राजिनामा माग

काठमाडौं । कोरोना भाइरसलाई लिएर अमेरिकी राजनेताहरुले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का डाइरेक्टर जनरल टेड्रोस एडह्यानम घेब्रियेसुसको राजिनामा माग गरेका छन् ।

कोरोनालाई लिएर चीनले जुन रेस्पोन्स दियो र डब्ल्युएचओको तर्फबाट त्यसलाई जुन किसिमले म्यानेज गरियो , त्यसलाई लिएर विश्व स्वास्थ्य संगठनमा दबाब बढी रहेको छ ।

त्यस्तै संसारमा कोरोनाको संक्रमण र मृतकको आँकडा पनि लगातार बढी रहेको छ ।

कोरोना भाइरसको विषयलाई लिएर चीनको कम्युनिष्ट सरकारको भरोसा गरेको भन्दै अमेरिकी राजनेताहरु डब्ल्युएचओविरुद्ध बिभिन्न सवाल गरिरहेका छन् ।

केहि पश्चिमी देशहरुका जानकारहरुले पनि कोरोना भाइरसको संक्रमणलाई लिएर चीनले सहि आँकडा नदिएको भन्दै प्रश्न उठाएका छन् ।

त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्युएचओ माथि सवाल उठाएका छन् । उनले अमेरिकाको तर्फबाट डब्ल्युएचओलाई दिइने फन्डलाई कम गर्दिने बताएका छन् ।

अमेरिकाको रिपब्लिकन सिनेटर मार्था म्याकस्यालीले डब्ल्युएचओ प्रमुख टेड्रोसलाई चीनको कभर अप गरेकोमा राजिनामा दिनुपर्ने बताएका छन् ।

उनले भने, ‘चीनको तर्फबाट पारदर्शिता नआउनुमा विश्व स्वास्थ्य संगठनका प्रमुख पनि दोषी छन्, त्यसैले उनले राजिनामा दिनु पर्दछ ।’

डब्ल्युएचओ प्रमुख टेड्रोस ५५ वर्षका छन् । र उनी इथियोपियामा बस्ने गर्दछन् । टेड्रोसको विषयलाई लिएर सिनेटर म्याकस्यालीले भने, उनले सारा संसारलाई धोका दिएका छन्, त्यति मात्र होइन, टेड्रोसले कोरोना भाइरस रेस्पोन्सलाई लिएर चीनको पारदर्शिताको तारिफ पनि गरेका थिए ।

म्याकस्यालीले भने, उनले जहिल्यै पनि चिनियाँ कम्युनिष्टको भरोसा गरे, र चीन सरकारले आफ्नो भूमीमा पैदा भएको भाइरसलाई लुकाए र त्यसकै कारण अमेरिका सहित सारा विश्वमा अनावश्येकको मृत्यु भयो । त्यसैले टेड्रोसले राजिनामा दिनुपर्दछ ।

डेली मेलका अनुसार, फेब्रुअरीमा जब चीनमा १७ हजार २३८ जना संक्रमणको केस आएका थिए त्यो बेला ३६१ जनाको मृत्यु भएको थियो । त्यो बेला टेड्रोसले ट्राभलमा रोक लगाउन आवश्यक नरहेको बताएका थिए ।

केहि विज्ञहरुले कोरोना भाइरसबाट मृत्यु भएको वास्तविक आँकडा चीनले लुकाएको र मृतकको आँकडा ४० हजारसम्म हुनसक्ने बताएका छन् ।

चीन सरकारले आधिकारिक रुपमा ३३३३ जनाको मात्रै अहिलेसम्म मृत्यु भएको बताएको छ ।

वुहानमा आधिकारिक रुपमा २५४८ जनाको मात्र मृत्यु भएको जनाइएको छ । तर स्थानीय एक्टिभिस्टका अनुसार त्यहाँको शवदाह गृहमा हरेक विहान ५०० जनाको अस्थि कलश दिइएको थियो । शवदाह भन्दा बाहिर लामो लाइन देखिएको थियो ।

अमेरिकी रिपब्लिकन सीनेटर टेड क्रुजले पनि डब्ल्युएचओका प्रमुखलाई हटाउने बताएका छन् । उनका प्रवक्ताले द वाशिंगटन फ्रि बिकोनसँग वैश्कि स्वास्थ्य तथा भाइरसको संक्रमण रोक्ने कुराको भन्दा डब्ल्युएचओ लगातार चीनको कम्युनिष्ट पार्टीसँग झुकेको देखिएको छ । सीनेटर क्रुजले भने, डब्ल्युएचओले क्रेडिबिलिटी गुमाइर्एसकेको छ ।

फ्लोरिडाका राजनेता मार्की रुबियोले पनि कोरोना जस्तो महामारीलाई जसरी ह्याण्डिल गरिएको छ, त्यसका लागि डब्ल्युएचओका प्रमुख जिम्मेवारी हुनु पर्दछ ।

उनले भने, डब्ल्युएचओका प्रमुखले बेइजिंगलाई भाइरस फैलाउन छोडिदिए । यस्तो अवस्थामा कि उनी चीनसँग मिलेका छन् कि त, उनी असक्षम नै छन् ।

त्यस्तै युएनमा पूर्व अमेरिकी एम्बास्डर निकी हेलीले पनि कोरोना भाइरसलाई लिएर डब्ल्युएचओको बयानमाथि आलोचना गरेका थिए ।

उनले ट्वीट गर्दै भने, ‘डब्ल्युएचओले उक्त बयान १४ जनवरीका पोस्ट गरेको थियो कि, डब्ल्युएचओले मानिस देखि मानिसमा कोरोना भाइरस फैलिने स्पष्ट प्रमाण पाएको छैन । डब्ल्युएचओले सारा विश्वलाई यो बताउनु पर्छ कि, किन उनीहरुले चीनले भनेको शब्द मानेर त्यहि संसारलाई बतायो ? बिना कुनै अनुसन्धान नगरीकन ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?