- एलपी पौडेल
सुर्खेत । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको प्रतिकार्यका लागि कर्णालीमा सतर्कता अपनाइएको छ । कर्णाली प्रदेशका सबै स्थानमा तीन हजार पाँच सय भन्दा बढी क्वारेन्टाइन रहेका छन् ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको पछिल्लो तथ्यांकअनुसार प्रदेशभर तीन हजार सात सय ८० बेड क्वारेन्टाइन रहेका छन् । क्वारेन्टाइनमा भने जम्मा ७ सय ४३ जना रहेका छन् ।
भने दुई हप्ताको अवधि पूरा गरेर क्वारेन्टाइनबाट २ सय ७ जना घर फर्किएको सामाजिक विकास मन्त्रालयका सचिव धर्मजित शाहीले जानकारी दिए ।

उनका अनुसार प्रदेशभर चार सय ६६ बेड क्षमताका आइसोलेसन् रहेका छन् । आइसोलेसनमा सात जना रहेको उनले बताए ।
कर्णाली प्रदेशभर अहिलेसम्म पाँच सय एक जनको स्वाव कोरोना भाइरस परिक्षणका लागि संकलन भइसकेका छन् ।
साथै आइतवारसम्म ८० जनाको स्वाव परिक्षण भएको र सबैमा कोरोना भाइरस नेगेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया