काठमाडौं – नेपालमा हालसम्म कोरोना भाइरस ‘कोभिड- १९’ बाट संक्रमण व्यक्तिको संख्या ८ पुगेको छ भने कोरोनासँग केहि मिल्दोजुल्दो प्रकृतिको लक्षण देखिएका कारण १३४ जना आईसोलेसनमा बसेर उपचार गराइरहेका छन् ।
काठमाडौंमा १२ जना र काठमाडौंबाहिर १ सय २२ जनागरि कुल १३४ जना आईसोलेसन बसी उपचार गराइरहेका हुन् । आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएअनुसार ८ हजार ५ सय ८० क्वारेन्टाईनमा छन् ।
कैलाली र कञ्चनपुरमा १ सय ५८ वटा स्वाब नमूना संकलन गरिएको छ । जानकारी अपडेट गराउँदै मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले भने, दिपायलमा आज बिहानबाट नमुना संकलन गरिएको छ ।
नेपालमा रहेका ८ जना संक्रमित नेपाल आउँदाको उनीहरुको कन्ट्रयाक ट्रेसिङ सकिएको छ , जुन विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार भएको छ ।
मन्त्रालयको कल सेन्टरमा १११५ र ११३३ मा ३३०६ वटा कल आएकोमा सम्बोधन भएको छ । पछिल्लो २४ घण्टामा एपमार्फत आफ्नो विवरण भर्नेमध्ये ३ जना रेड जोनमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया