काठमाडौं । कालोबजारी गरेको आरोपमा पक्राउ परेका सुलभ अग्रवाललाई अनुसन्धान गर्न प्रशासनले ७ दिनको म्याद थप गरेको छ ।
जगदम्बा स्टिल (शंकर ग्रुप) का सञ्चालक समेत रहेका अग्रवाल थर्मल गनको कालोबजारी गरेको आरोपमा मंगलवार पक्राउ परेका थिए ।
उनलाइृ पक्राउ गरि टेकु लगिएको थियो । तर त्यहाँ राख्ने ठाउ नभएकाले मंगलवार साँझ महानगरीय अपराध महाशाखा दरवारमार्गमा राखिएको थियो । प्रहरकिा अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुसन्धानका लागि ७ दिनको म्याद दिएको हो ।
उनलाई कुटनीतिक गाडीमा थर्मल गन कालोबजारी गर्न लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । साथै ५ हजार पर्ने गनलाई १५ हजारमा बिक्री गरेको आरोप रहेको प्रहरीले जानएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया