लमजुङ । विश्वमा तीव्ररूपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमणका कारण सरकारले लागू गरेको लकडाउनले काम ठप्प हुँदा खानलाई समस्यामा परेको मजदुरको सहारा स्थानीय सरकार बनेको छ ।
जिल्लामा रहेका आठ वटै स्थानीय सरकारले आआफ्नो पालिकाभित्र रहेका मजदुरहरुलाई खाद्यान्न वितरण प्रक्रिया तीव्र बनाएका छन् ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काका अनुसार मङ्गलवारसम्म जिल्लाका चार नगरपाकिला र चार गाउँपालिकाका छ हजार ४२३ मजदुर परिवारलाई खाद्यान्न वितरण गरिसकिएको छ ।
यी परिवारका लागि एक लाख १० हजार ९१३ केजी चामल, आठ हजार ३०४ केजी दाल, पाँच हजार ३१९ लिटर तेल, पाँच हजार ४४४ नुन प्याकेट र पाँच हजार ५९० गोटा साबुन वितरण भइसकेको प्रजिअ खड्काको भनाइ छ । यी जिल्लाका सबै स्थानीय तहको ७५ वटै वडामा कुल आठ हजार १४२ जना श्रमिक रहेको उनले बताए।
गण्डकी प्रदेश सरकारले हरेक नगरपालिकालाई रु १० लाख र गाउँपालिकालाई रु पाँच लाखका दरले बजेट विनियोजन गरेको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया