काठमाडौं । कोरोना भाइरसले सारा विश्वलाई नै तहसनहस बनाईदिएको छ । अहिलेसम्म कोरोना भाइरसका कारण सारा विश्वभर ८२ हजा ०७८ जनाको ज्यान गएको छ भने ३ लाख २ हजार १५० जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
त्यस्तै विश्वभर कोरोना भाइरसका १४ लाख ३१ हजार ६९१ जनामा संक्रमित रहेका छन् । महामारीले विश्वका २०९ वटा देशमा आफ्नो प्रकोप फैलाईसकेको छ ।
त्यस्तै विश्वमा कोरोना भाइरसबाट ४७ हजार ८९४ जनाको अवस्था गम्भीर रहेको छ । अमेरिकामा हिजो मात्रै १ हजार ९ सय ७० जनाले ज्यान गुमाएका छन् ।
अमेरिकामा अहिलेसम्म १२ हजार ८ सय ५४ जनाको ज्यान गईसकेको छ भने ४ लाख ४१२ जनामा संक्रमण फैलिसकेको छ ।
त्यस्तै २१ हजार ६७४ जना उपचार पछि निको भएर घर फर्किएका छन् भने ९ हजार १६९ जनाको अवस्था गम्भीर रहेको छ । अमेरिकाको न्युयोर्क शहरमा मात्रै कोरोना भाइरसका कारण ५ हजार ४८९ जनाले ज्यान गुमाएका छन् ।
न्युयोर्कमा मात्रै कोरोना भाइरसका १ लाख ४२ हजार ३४८ जना संक्रमित रहेको छन् त्यस्तै अमेरिकाको न्युजर्सीमा अहिलेसम्म १ हजार २ सय ३२ जनाले ज्यान गुमाएका छन् भने ४४ हजार ४ सय १६ जनामा कोरोनाको संक्रमण रहेको छ ।
त्यस्तै अमेरिकाको मिशिगनमा अहिलेसम्म ८४५ जनाले ज्यान गुमाएका छन् त्यहाँ संक्रमितको संख्या १८ हजार ९७० रहेको छ । त्यस्तै क्यालिफोर्नियामा कोरोना भाइरसकाकारण आजमात्रै १३ जनाले ज्यान गुमाएका छन् ।
योसँगै त्यहाँ जम्मा मृतकको संख्या ४४७ पुगेको छ भने संक्रमितको संख्या १७ हजार ५३७ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया