महामारीको ताण्डव : जताततै हाहाकार, ८२ हजार भन्दा धेरैको मृत्यु, झनै बढे संक्रमित

काठमाडौं । विश्वका लागि स्वास्थ्य चुनौति बनेको कोरोना भाइरसले सारा विश्वलाई नै त्रसित र हाहाकार बनाइदिएको छ । अहिलेसम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण ८२ हजार ७४ जनाले ज्यान गुमाईसकेका छन् भने १४ लाख ३१ हजार ६८९ जनामा कोरोनाको संक्रमण रहेको छ ।

त्यस्तै ३ लाख २ हजार १४२ जना उपचार पछि निको भएका छन् भने ४७ हजार ८९१ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै कोरोनाको अत्याधिक प्रधाव झेलिरहेको देश इटालीमा अहिलेसम्म कोरोना भाइरसका कारण १७ हजार १२७ जनाले ज्यान गुमाईसकेका छन् भने त्यहाँ संक्रमितको संख्या १ लाख घ५ हजार ५८६जनामा संक्रमण देखिएको छ । त्यस्तै स्पेनमा १४ हजार ४५ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् ।

अहिलेसम्म स्पेनमा संक्रमितको१ लाख ४१ हजार ९४२ जनामा संक्रमण रहेको छ । त्यस्तै अमेरिकामा कोरोना भाइरुसबाट मृत्यु हुनेको संख्या १२ हजार ८५४ पुगेको छ ।

अहिलेसम्म अमेरिकामा संक्रमितको संख्या भने ४ लाख पुगिसेकको छ । अमेरिकामा यो समाचार तयार पार्दासम्म ४ लाख ४१२ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसका कारण १० हजार ३२८ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १ लाख ९ हजा ६९ पुगेको छ ।

जर्मनीमा भाइरसका कारण २ हजार १८ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १ लाख ७ हजार ६६३ पुगेको छ ।

त्यस्तै कोरोनाको उद्गमस्थल चीनमा आज फेरी २ जनाको मृत्यु भएको छ । योसँगै चीनमा भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ३३ पुगेको छ भने संक्रमितको संख्या ८१ हजार ८०२ रहेको छ ।

त्यस्तै ईरानमा अहिलेसम्म ३ हजार ८७२ जनाले ज्यान गुमाएका छन् भने ६२ हजार ५८९ जनामा संक्रमण देखिएको छ । त्यस्तै बेलायतमा भाइरसका कारण ६ हजार १५९ जनाले ज्यान गुमाएका छन् भने ५५ हजार २४२ जनामा संक्रमण पाईएको छ ।

त्यस्तै बेल्जियममा कोरोनाका कारण २ हजार ३५ जनाले ज्यान गुमाएका छन् भने नेदरल्याण्ड्समा कोरोना भाइरसका कारण अहिलेसम्म२ हजार १ सय १ जनाको ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?