काठमाडौं । नेपाली उखान नै छ–लोभले लाभ, लाभले विलाप। यसको अर्थ हो मान्छे लोभी हुन्छ र धेरै लोभ गर्दा त्यही लाभ भइसकेको पनि भूईमा खस्ने खतरा रहन्छ । त्यौ भौतिक सम्पत्ति होस् कि सामाजिक रुपमा आर्जन गरेको प्रतिष्ठा नै किन नहोस् क्षणभरमा माटोमा मिल्न पनि सक्छ ।
यस्तै भएको छ एक व्यापारीलाई । शंकर ग्रुपका मालिक सुलभ अग्रवाल केही लाख कमाउने लोभमा पर्दा प्रहरीको फन्दामा परेका छन् ।
करोडौको कारोबार गर्ने उनी त्यही लोभमा फस्दा अहिले प्रहरीको हिरासतमा चिसो रात काट्न बाध्य भएका छन् ।
उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले कालोबजारीको अभियोगमा पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले ६८ वटा थर्मल गन (थर्मोमिटर) बरामद गरेको महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए । त्यो थर्मल गन उनले कालोबजारीमा बेच्न प्रयास गरेका थिए ।
उनले १६ हजारको दरले थर्मल गन बेच्न गा्रहकको भेषमा रहेको प्रहरीसँग डिलिङ गरेका थिए ।
रोचक त के छ भने अग्रवालसँग कालोबजारीको डिलिङ गर्न कुटनीतिक नियोगको गाडी चढेर पुगेका थिए ।
उनी नीलो नम्बर प्लेटमा २०९ एचसीसी १ लेखिएको गाडीमा चढेर पुगेका थिए ।
सामान्यतयाः कुटनीतिक नियोगको गाडीमा सुरक्षाकर्मीले चेकजाँच गर्दैनन् । यही कुराको फाइदा उठाएर उनले नीलो नम्बर प्लेटको गाडीबाटै कालोबजारी गर्ने प्रयास गरेका थिए । उनी कीर्गिस्तानले अवैतानिक महावाणिज्य दूतको रहेको बताइएको छ ।
तर त्यो पद उनलाई दिएको सन् २०१९ अगस्ट १९ मा हो । उनलाई तीन वर्षे कार्यकालका लागि यो सुविधा दिइएको भएपनि अहिलेसम्म पनि कायम हुनु अचम्म हुँदै हो यसबाट उनले कुटनीतिक नियोगको गाडी दुरुपयोग गरेको पनि आशंका गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया