नेपालसहित यी देश जहाँ कोरोनाबाट १० जना भन्दा कम संक्रमित छन्

काठमाडौं । कोरोना भाइरसले विश्वमा महामारी रुप लिइरहेपनि केही देशमा भने संक्रमण दर कम रहेको छ । नेपालसहित केही देशमा संक्रमण दर १० जना वा सो भन्दा कम रहेको हो ।

नेपालमा हालसम्म ९ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने त्यसमा पनि एक जना निको भएर घर फर्किसकेका छन् ।

यस्तै सुरिनाममा १० जना, जिम्बाबेमा १० जना, चाडमा १० जना मोजाम्बिकमा १० जना इश्वाटिनीमा १० जना संक्रमित भएका छन् ।

यस्तै मलावीमा ८, टुर्कास एण्ड काइकोसमा ८, कारामा ८, बेलिजमा ७, भ्याटिकन सिटीमा ७, सोमालियामा ७, बोटवानामा ६ जना संक्रमित हुँदा मौरिटानियामा ६, निकारागुवामा ६, मोन्सर्टमा ६ जना संक्रमित भएका छन् ।

यस्तै एसटी बार्थ, सारालिनमा ६–६ जना संक्रमित हुँदा सार्क देश भुटानमा ५ , गाम्बिया ४, साओटोममा ५ तथा वेस्टर्न साहारामा ४ जना संक्रमित भएका छन् ।

यस्तै अंगुलियामा ३, ब्रिटिस भर्जिन आइल्याण्डमा ३, बुरुन्डीमा ३ तथा क्यारेबियन नेदरल्याण्डमा २, फक्ल्याण्ड आइल्याण्डमा २, पपुवान्यूगिनीमा २ जना संक्रमित हुँदा साउद सुडानमा एक जनामात्रै संक्रमित छन् । यस्तै टिमोर लेस्टे र स्यान्ट पियर एण्ड मिकिलियोनमा १–१ जना संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?