कोरोना संक्रमणका कारण विश्वभर रहेका नेपाली विद्यार्थीहरुको समस्या समाधानका लागि एक्सन टिम गठन

राष्ट्रिय शैक्षिक परामर्श संघ(नेका) ले बिश्वब्यापी कोरोना संक्रमण र लक डाउनका कारण देश बाहिर रहेका नेपाली बिधार्थीहरुमा परेको समस्या समाधानका लागि एक एक्सन टिम गठन गरेको छ ।टिमले बिद्यार्थीको समस्याको आवश्यकता केलाएर अगि बढ्ने संघले जनाएको छ ।

संघका अध्यक्ष सन्तोश प्याकुरेलले बिश्वब्यापी कोरोना संक्रमण बढिरहेका देशमा समस्यामा परेका नेपाली बिधार्थीहरुको डाटा संकलन गर्ने कार्य जरी रहेको बताउनुभयो ।समस्याको पहिचान गरेर,विधार्थीहरुको स्वास्थ, सुरक्षा तथा आधारभूत आवश्यकताको प्रत्याभूतिको लागि नेपाल सरकार, शिक्षा मन्त्रालय, विदेशस्थित दूतावासहरु ,अन्तराष्ट्रिय गैरसरकारी संस्था, नेपाली परामर्श संघहरु ,सम्बन्धित विदेशी नियोगहरुमा बारम्बार सुचनाको आदानप्रदान तथा छलफल गर्दै समस्याको समाधानका लागि लागि परेको जनाएको छ ।

विदेशमा अध्ययनरत विधार्थीहरुको हकहितको निमित्त नेपाल राष्ट्र बैंकले नेपालबाट अभिभावकले विदेशमा रहेका आफ्ना विधार्थीहरुलाई बढीमा ५०० अमेरिकी डलर पठाउने ब्यवस्था गरेकोमा उक्त रकम विधार्थीहरुलाई अपुग हुने ठहर गर्दै माहामारी अन्त्य नभएसम्मको लागि उक्त रकमको परिमाण बढाउन शिक्षा मन्त्रालयसँग बारम्वार छलफल गरी बढाउन अनुरोध गरिएको संघले जनाएको छ ।

शैक्षिक परामर्श संघले विदेशस्थित नेपाली विधार्थीहरुमा परेको समस्याको समाधानको लागि बाटो पहिल्याउन सरकारलाई कुटनीतिक पहल गर्न आग्रह गरेको छ ।अस्ट्रेलिया अध्ययनका लागि २०२०को सत्रमा गएका र जान बांकी बिद्यार्थीहरुको अध्ययनमा कोभिड १९को महामारीले अनेकन समस्या देखिएको हुंदा सो सत्रलाइ अनलाइन गर्नुभन्दा हाललाई स्थगित गरी अनुकुल समयमा सुचारु गर्न कलेज तथा बिश्वबिद्यालयलाई अनुरोध गरेको जनाएको छ ।

यसै सत्रमा जापान अध्ययनका लागि जाने बिद्यार्थीहरु सिओइ लिएर अन्तवार्ता कुरेर बसेका तथा भिसा लिएर पनि अध्ययनमा अनिश्चितता देखिएको हुंदा जापानका भाषा स्कुल र कलेज र बिश्वबिद्यालयलाई पनि अप्रिल सत्रलाई ढिलो अथवा अनुकुल समयमा शुरु गर्न पनि अनुरोध गरेको छ।

अहिलको जटिल परिस्थितिलाई मध्यनजर गर्दै सम्पूर्ण विधार्थीहरुलाई सुरक्षित तरिकाले जहाँ हुनुहुन्छ त्यही रहन पनि बिश्वभर रहेका नेपाली बिद्यार्थीमा अपील गरेको छ ।संघले बिशेषगरी अष्ट्रेलिया,जापान,अमेरिका क्यानडा,न्युजिल्याण्ड ,बेलायत,भारत,जर्मनी,डेनमार्क लगायतका बिभिन्न देशमा नेपाली बिद्यार्थी अध्ययनरत रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?