काठमाडौं । विश्वका लागि स्वास्थ्य चुनौति बनेको कोरोना भाइरसका कारण आज मात्रै बेलायतमा ७८६ जनाको मृत्यु भएको छ भने आज नै बेलायतमा थप ३ हजार ६३४ जना नयाँ संक्रमित थपिएका छन् ।
बेलायतमा अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु भएकाको संख्या ६ हजार १५९ रहेको छ भने जम्मा संक्रमितको संख्या ५५ हजार २४२ रहेको छ ।
त्यस्तै बेलायतमा यो समाचार तयार पार्दासम्म १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बेलायतमा कोरोना भाइरस संक्रमित १३५ जना उपचार पछि निको भएका छन् ।
यो समाचार तयार पार्दासम्म विश्वभर मृतकको संख्या ७८ हजार २२६ पुगेको छ भने संक्रमितको संख्या १३ लाख ८० हजार १४४ रहेको छ ।
त्यस्तै संक्रमणबाट विश्वभर ४७ हजार ६७७ जनाको अवस्था गम्भीर रहेको छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसन पनि कोरोनाको संक्रमणका कारण अस्पतालमा भर्ना भएका छन् । उनको १० दिन अगाडि कोरोना टेस्ट गर्दा पोजिटिभ पाइएको थियो ।
अस्पतालले उनको अवस्था गम्भीर बनेपछि हिजो नै अस्पतालको आईसियु वार्डमा उनलाई सारेर उपचार भईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया