अफ्रिका कोभिड-१९ विरुद्धको टीका परिक्षणका लागि मैदान बन्न सक्दैन : ‘डब्ल्युएचओ’

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक ट्रेडोस अदनोम घेब्रेयससले अफ्रिका कोभिड १९ महामारीको संक्रमणविरुद्ध कुनै पनि टीका परिक्षणको लागि मैदान नबन्ने बताएका छन् ।

समाचार एजेन्सी सिन्हुआका अनुसार जेनेवामा सोमवार भएको एक भर्चुअल व्रिफिङ कार्यक्रममा ट्रेडोसले अफ्रिका कोरोना भाइरसविरुद्धको कुनै पनि भ्याक्सिनको लागि परिक्षणको आधार बन्न नसक्ने र हुन नसक्ने बताएका हुन् ।

उनले भने, ‘हामी संसारका कुनै पनि भ्याक्सिन वा थ्यारेप्युटिक्सको परिक्षण गर्नका लागि सबै नियमको पालना गर्नेछौँ, चाहे त्यो युरोपमा होस् वा अफ्रिकामा वा अन्य कुनै ठाउँमा।’

केहि वैज्ञानिकहरुले गएको हप्ता गरेको टिप्पणीमा भनेका छन्, ‘नयाँ टीकाको लागि परिक्षणको आधार अफ्रिका हुनेछ ।’

ट्रेडोसले यसलाई मध्यनजर गर्दै भने, ‘औपनिवेशिक मानसिकताको ह्यांगओभरलाई रोक्नुपर्दछ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?