अपडेट : सय जना नेपाली आईसोलेसनमा, ९ हजार भन्दा बढी क्वारेन्टाईनमा

काठमाडौं । नेपालमा हालसम्म एक सय जना नेपाली आईसोलेसनमा राखिएको छ भने ९ हजार २ सय २८ जना क्वारेन्टाईनरमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनले दिएको जानकारी अनुसार काठमाडौंभित्र १६ जना र काठमाडौंबाहिर ८४ वटा केसहरु गरी देशभर कुल १०० जना आईसोलेसनमा राखिएको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार विदेशबाट आएका संक्रमितको कन्ट्याक ट्रेसिङको काम ९० प्रतिशत सकिएको छ । मन्त्रालयको २ वटा कल सेन्टर १११५ र ११३३ मा मानिसहरुले फोन गरेर जानकारी लिइरहेका छन् ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार कञ्चनपुरमा २१ वटा र कैलालीमा १८ वटा नमुना संकलन गरीएको छ । जुम्ला र अछाममा पनि स्वाबको नमुना संकलन भइरहेको छ । ४ सय ५० भनदा बढी स्वाब संकलन गर्ने लक्ष्य लिइएको छ । हरेक जिल्लाको ४ ४ वटा ठाउँमा क्वारेन्टाईनमा रहेका व्यक्तिहरुबाट यो नमुना संकलन भइरहेको छ ।

यो समाचार तयार पार्दासम्म नेपालमा जम्मा ९ जनालाई कोरोना संक्रमण भएकोमा एक जना उपचारपछि निको भएर घर फर्केका छन् भने बाँकी ८ जनाको विशेष निगरानीमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?