कोरोना भाईरसविरुद्ध लड्न एन्फाले दियो आफ्नो दुई एम्बुलेन्स

काठमाडौं – कोरोना भाईरसविरुद्ध लड्न नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो दुई वटा एम्बुलेन्स दिएको छ । एन्फाले कोरोनाको जोखिम नसकिएसम्म प्रयोग गर्न ललितपुर महानगरपालिकालाई ति एम्बुलेन्स हस्तान्तरण गरेको हो । यदि कसैलाई सक्रमणको आशंका भएको अवस्थामा समेत अहिले सबै ठाउँमा स्रोत साधन सम्पन्न एम्बुलेन्स उपलब्ध छैनन् । भइहाले पनि तिनका चालक काममा खटिन तयार छैनन् । यस्तो अवस्था नहोस् भनेर एन्फाले आफूसँग भएको साधन कोरोना भाईरसविरुद्ध लड्ने अभियानमा दिएको हो ।

एन्फा र महानगरपालिकाबीच एम्बुलेन्स कोरोनाको संक्रमण सकिएपछि एन्फालाई नै फिर्ता गर्नु पर्ने सम्भौता भएको छ । फिफा फरवार्ड प्रोजेक्ट अन्तर्गत खरिद गरिएको उक्त एम्बुलेन्स यसअघि एन्फामै थन्किएको थियो ।

मंगलबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई हस्तान्तरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?