इटालीले ग-र्यो ४ खर्ब ३० अर्ब आर्थिक सहायता कोष सार्वजनिक

काठमाडौं । कोरोना भाइरसको महामारी सारा विश्वले नै झेलि रहेको छ । सारा विश्वका लागि स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म सारा विश्वमा ७५ हजार २९९ जनाको ज्यान गईसकेको छ भने यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या विश्वभरमा १३ लाख ५२ हजार २६६ पुगेको छ ।

इटालीले कोरोना भाइरस (कोभिड–१९) को आक्रान्त बनेको अर्थतन्त्रलाई टेवा दिन चार खर्ब ३० अर्ब डलर (चार खर्ब यूरो)को आर्थिक सहायता कोष सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार भाइरसको कारण मुलुकमा जारी लकडाउन अझै केही सातासम्म जारी रहने अनुमानको बीचमा व्यवसायलाई ऋण सहज गराउन आर्थिक सहायता प्याकेज ल्याइएको हो ।

इटालीका प्रधानमन्त्री गिउसेपे कोन्टेले इटाली कोभिड–१९ को महामारीबाट मुलुक समस्यामा पर्न सक्ने बताएका छन् । अहिलेसम्म इटालीमा यसबाट मृत्यु हुनेको संख्या १६ हजार पाँच सय २३ पुगिसकेको छ । भाइरसको कारण मुलुकमा अस्थायी बेरोजगारको संख्या १० लाख नाघ्न उनको भनाइ छ ।

यो समाचार तयार पार्दासम्म इटालीमा १६ हजार ५२३ जनाको मृत्यु भइसकेको छ भने १ लाख ३२ हजार ५४७ जना कोरोनाबाट संक्रमित भएका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?