काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यो महामारीको विषम परिस्थितीमा समेत सामाजिक सञ्जालमा निरन्तर टिकाटिप्पणी भएकोप्रति दुख व्यक्त गरेका छन् ।
अहिलेको सरकार भ्रष्टाचार हुन नदिन सधै प्रतिबद्ध रहेको कारण सामाजिक सञ्जालमा अनर्गल टिकाटिप्पणी नगरी महामारीविरुद्ध लड्न एक हुनुपर्ने बताएका छन् ।
खासगरी यस महामारीबाट जोगिन सरकारले केहि साताअघि खरिद गर्न लागेको स्वास्थ्य सामाग्री मा चरम भ्रष्टाचार हुन लागेको सन्दर्भलाई लिएर सरकार र प्रधानमन्त्रीलाई मेन्सन गर्दै सामाजिक सञ्जालमा विभिन्न स्टाटस, कार्टून, फोटो र टोलहरु बनेका छन् । आज देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, “सरकार र सरकारका कामकारबाहीमा आएको अपजसप्रति ध्यान गएको छ । यस्तो महामारीको बेला समेत सरकारको खेदो खन्ने र सरकारलाई असफल गराउनका लागि भएका अनावश्यक हल्लाहरु प्रचारबाजी बेमौसमी बाजा हुन् । ”
उनले थपे, “भ्रष्टाचार नगर्ने र हुन नदिने सरकारको प्रतिवद्धता छ । यदी कसैले भ्रष्टाचार गर्छ भने निर्ममतापूर्वक कारबाही हुन्छ । सरकार जनता र राजनीतिक दलबिचको राष्टिय एकता नै महामारीविरुद्धको बल हो । यो निरन्तर हुनुपर्छ ।”
यो सरकारले महामारीविरुद्ध के गरेको छ ? हाम्रो ध्यानमा के थियो हामीले के गरेका छौँ भन्ने कुरा ईतिहासले भन्नेछ ।
साथै अरु कामको स्थिती सामान्य रुपमा नै अगाडी बढाउन सकिने कुरामा आश्वस्त रहेको कुरा समेत व्यक्त गरेका छन् । “संकटको बेलामा आशा कायम राखौँ निकै जटिल परिस्थितीमाथि विजय हासिल गरेको मानवजातिको ईतिहास भएकोले लकडाउन पालना गर्न, विदेशबाट आएकाहरुले अनिवार्य क्वारेन्टाईन बस्न समयमै सरकारले चालेको कदममा अलिकति सारोगारौँ सहन भूकम्पमा जस्तै धैर्यता र साहस कायम राख्न सधै राख्नुपर्छ ।” उनले भने
साथै अत्यावश्यक आपुर्ती तथा सुरक्षाको विषयमा सरकार रहेको कुरा प्रष्ट पार्दै सम्पुर्ण देशवासीलाई लकडाउन पालना गर्नको लागि समते प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया