कोरोना भाइरस : प्रधानमन्त्री बोरिस जोनसन अस्पतालको ‘आईसीयु वार्ड’मा

काठमाडौं । ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । उनको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै अस्पतालले उनलाई हिजो राती नै आईसीयु वार्डमा भर्ती गरेको हो ।

उनलाई नियमित टेस्टको लागि अस्पताल ल्याईएको थियो । तर अस्पतालमा लगेपछि उनको स्वास्थ्य अवस्था अचानक बिग्रँदै गएको र उनलाई आईसीयु वार्डमा सारिएको अस्पतालले जनाएको छ ।

१० दिन अगाडि ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनमा कोरोनाको पोजेटिभ पाइएको थियो । त्यसपछि उनले डाउनिङ स्ट्रीटमा क्वारेन्टाइनमा राखेका थिए ।

त्यहिँबाटै उनी सरकारको काम गरिरहेका थिए । अब भने उनको कार्यभार ब्रिटेनका विदेशमन्त्री डोमिनिक राबले सम्हाल्ने भएका छन् ।

प्रधानमन्त्री बोरिसलाई मेडिकल टेस्टका लागि अस्पताल लगिएको थियो । यस बारेमा जानकारी उनले स्वयं ट्वीटरमार्फत दिएका थिए ।

जोनसनले लेखेका थिए, उनी डाक्टरको सल्लाह अनुसार चेकअपका लागि अस्पताल गएका थिए, किनभने उनमा कोरोनाको लक्षण देखिएको थियो ।

उनकी गर्लफ्रेन्ड क्यारी साइमन्ड्स पनि सेल्फ आईसोलेशनमा छिन् । उनले पनि सामाजिक सञ्जालमा आफूमा कोरोनाको केहि लक्षण देखा परेको बताएकी थिइन् । उनी गर्भवती छिन् ।

उनले एक ट्वीट गर्दै कोरोना भाइरस प्रेग्नेन्सी भएको अवस्थामा चिन्ताजनक भएको र विश्वमा जति पनि प्रेग्नेन्सी महिलाहरु छन् उनीहरुको सबैले ख्याल राख्न ध्यान दिएकी छन् ।

एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?