अब क्वारेन्टाइनबाट भागे तत्काल थाहा हुने

काठमाडौं । सरकारले क्वारेन्टाइनबाट भाग्ने व्यक्तिबारे तत्काल सूचना पाइने गरी एप्स प्रयोगमा ल्याएको छ । गृह मन्त्रालयले सोमबारबाट कोरोना संक्रमणको सम्भावना भएर क्वारेन्टाइनमा बसेका व्यक्ति भागे प्रहरी तथा सम्बन्धित तहमा तत्काल जानकारी हुने गरी ‘कोभिड—१९ साथी एप’ सञ्चालनमा ल्याएको हो ।

गृहमन्त्री रामबहादुर थापाले विपद्विरुद्ध विजय प्राप्त गर्न मोबाइल एपबाट गरिने अनुगमनले महत्वपूर्ण भूमिका खेल्ने भन्दै सो एपले हालको अवस्थामा मात्रै नभएर भविष्यमा सूचना केन्द्रित गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने जनाए । राजधानी दैनिकमा खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?