दैनिक ६ करोड नोक्सान व्यहोर्दै प्राधिकरण, यस्तो छ कारण

लकडाउन सुरु भएपछि विद्युत् बिक्री बापत् नेपाल विद्युत प्राधिकरणले दैनिक ६ करोडसम्म नोक्शान बेहोर्नुपरेको छ ।
१२ चैतबाट लकडाउन सुरु भएयता दैनिक विद्युत् खपतको परिमाणका आधारमा ६० लाख युनिटसम्म कम हुन थालेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।
बढी विद्युत् खपत गर्ने उद्योग तथा प्रतिष्ठानहरू बन्द भएपछि अवस्था यस्तै रहे प्राधिकरणले एक महिनामा झण्डै २ अर्ब आम्दानी गुमाउने उनको भनाइ छ ।

‘हाल विद्युत् खपत दैनिक ५५ लाखदेखि ६० लाख युनिटसम्म कम भएको छ,’ उनले भने, ‘प्रतियुनिट १० रुपैयाँका दरले झण्डै २ अर्ब आम्दानी घट्न थालेको छ ।’ नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?