रोजगारीबाट फर्केका नौसहित ३१ क्वारेन्टाइनमा

तेह्रथुम । रोजगारीका लागि काठमाडौँ र इटहरी गएर फर्किएका सातसहित नौ जनालाई सोमवारदेखि क्वारेन्टाइनमा राखिएको छ ।

काठमाडौँबाट घर फर्कने क्रममा यही चैत ११ गते इटहरी आइपुगी लकडाउनमा परेका उनीहरुलाई सोमवार म्याङलुङस्थित घर पुग्नासाथ प्रहरीले नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षण गराई क्वारेन्टाइनमा राखेको हो ।

इटहरीबाट हिँडेर आइपुगेका उनीहरूलाई क्वारेन्टाइनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी भक्तबहादुर खड्काले बताए ।

भारतको दार्जिलिङ क्षेत्रमा फेरी लगाएर फर्किएका नौसहित १५ जना फेदाप गाउँपालिकामा र सात जना आठराई गाउँपालिकामा गरी जिल्लामा जम्मा ३१ जना क्वारेन्टाइनमा रहेका सहायक प्रजिअ खड्काले जानकारी दिए।

क्वारेन्टाइनमा रहेका उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीको भनाई छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?