नेकपामा लागू भएन अनुशासनसम्बन्धी सर्कुलर

नेकपाले पार्टीभित्रको गुटबन्दी र अनुशासनहीनताका विषयमा पटक–पटक छलफल गर्दै आएकोछ ।

पछिल्लोपटक पुस पहिलो साता सम्पन्न स्थायी समिति बैठकपछि ओली र प्रचण्डले गुटबन्दी र अनुशासनहीन काम गनेलाई कारबाहीको दायरामा ल्याइने सर्कुलर जारी गरेका थिए । ‘पार्टी र सरकारविरुद्ध भ्रम छर्ने गरी अनुशासन र पद्धतिविपरीत बोल्ने, लेख्ने, पार्टी नीतिविपरीत भेला, बैठक गर्ने काम बन्द गर्नुपर्दछ ।

पार्टीलाई विधि र अनुशासनमा चल्ने शक्तिका रूपमा विकास गर्नुपर्दछ । अनुशासनहीन काम गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्दछ,’ अध्यक्षद्वय ओली र प्रचण्डले जारी गरेको अन्तरपार्टी निर्देशनमा भनिएको थियो ।

तर, नेकपाभित्र गुट भेला, सामाजिक सञ्जालमै पार्टी नेतृत्व र सरकारको कामलाई नकारात्मक कोणबाट टिप्पणी गर्ने लगायतका सर्कुलरविपरीतका गतिविधि भने अझै रोकिएको छैन ।

नेकपाभित्र अनुशासनको विषय हेर्ने केन्द्रीय अनुशासन आयोग अझै अपूर्ण छ । नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?