कोरोना अपडेट : रोकिएन प्रकोप, ७४ हजार धेरैको मृत्यु, कति छन् संक्रमित ?

काठमाडौं । कोरोना भाइरसको महामारी सारा विश्वले नै झेलि रहेको छ । सारा विश्वका लागि स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म सारा विश्वमा ७४ हजार ६९७ जनाको ज्यान गईसकेको छ भने यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या विश्वभरमा १३ लाख ४६ हजार ५६६ पुगेको छ ।

त्यस्तै कोरोनाको उपचार पछि निको भएकाको संख्या २ लाख ७८ हजार ६९५ रहेको छ । कोरोना भाइरसको महामारीबाट विश्वकै अति प्रभावित देशको पहिलो नम्बरमा रहेको इटालीमा अहिले सम्म १६ हजार ५२३ जनाको ज्यान गईसकेको छ भने संक्रमितको संख्या १ लाख ३२ हजार ५४७ रहेको छ ।

अहिलेसम्म कोरोना भाइरस विश्वका २०९ देशहरुमा फैलिइसकेको छ । त्यस्तै स्पेनमा अहिलेसम्म कोरोनाको महामारीबाट १३ हजार ३४१ जनाको मृत्यु भएको छ भने भाइरसबाट १ लाख ३६ हजार ६७५ जना संक्रमित भएका छन् ।

त्यस्तै अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या ३ लाख नाघिसकेको छ । अमेरिकामा अहिलेसम्म कोरोना संक्रमितहरुको संख्या ३ लाख ६७ हजार ४ पुगेको छ भने मृतकको संख्या १० हजार ८७१ पुगेको छ ।

त्यस्तै फ्रान्समा अहिलेसम्म ८ हजार ९११ जनाले भाइरसका कारण ज्यान गुमाएका छन् भने ९८ हजार १० जनामा कोरोनाको संक्रमण देखिएको छ ।

त्यस्तै चीनमा आज नयाँ ३९ जना कोरोना संक्रमित पाइएका छन् ।

चीनमा मृतकको संख्या अहिलेसम्म ३ हजार ३ सय ३१ पुगेको छ । त्यस्तै ब्रिटेनमा कोरोना भाइरसका कारण ५ हजार ३ सय ७३ जनाको ज्यान गएको छ भने ५१ हजार ६०८ जनामा कोरोनाको संक्रमण पाइएको छ ।

त्यस्तै ईरानमा अहिलेसम्म ३ हजार ७३९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् भने ६० हजार ५०० जनामा कोरोनाको संक्रमण रहेको छ ।

त्यस्तै बेल्जियममा भाइरसका कारण १ हजार ६ सय ३२ जनाको ज्यान गएको छ भने नेदरल्याण्डमा अहिलेसम्म महामारीका कारण १ हजार ८ सय ६७ जनाको ज्यान गईसकेको छ ।

त्यस्तै जर्मनीमा पनि कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख भन्दा माथि रहेको छ । त्यहाँ १ लाख ९२० जनामा कोरोनाको संक्रमण रहेको पाइएको छ ।

त्यस्तै जर्मनीमा महामारीका कारण मृत्यु हुनेको संख्या भने १ हजार ८१० रहेको छ भने संक्रमितको संख्या १ लाख ३ हजार ३७५ रहेको छ। विश्वमा यो समाचार तयार पार्दासम्म गम्भीर संक्रमितहरुको संख्या ४७ हजार २५६ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?