२०७६, २५ चैत्र मंगलवार ०७:०४

एसईई र कक्षा १२ को परीक्षा सँगसँगै


प्रकाशित मिति : २०७६, २५ चैत्र मंगलवार ०७:०४

राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा प्रणाली (एसईई) र आगामी बैशाखमा हुने कक्षा १२ को परीक्षा सँगै गर्न सकिने जनाएको छ ।
कोभिड १९ संक्रमणबाट चैत ६ गतेबाट गर्ने तय भएको एसईई रोकिएको छ । बोर्डको निर्धारित तालिकाअनुसार आगामी वैशाख ८ गतेबाट कक्षा १२ को र वैशाख २१ गतेबाट कक्षा ११ को परीक्षा हुनेछ । ‘एसईई बिहान र कक्षा १२ को परीक्षा दिउँसो गर्न सकिन्छ’बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘यसो गर्दा एउटै परीक्षा केन्द्रमा एकसाथ दुबै परीक्षा सम्पन्न हुनेछ । लकडाउन खुलेपछि तुरुन्तै परीक्षा प्रक्रिया अघि बढ्छ ।’कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस