प्रधानमन्त्री ओली र युएईका युवराजबिच टेलिफोन संवाद, यस्ताे भयाे कुराकानी

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली र युएईका युवराज शेख महोम्मद विन जायद अल नह्यानसँग टेलिफोन संवाद भएकाे छ । साेमबार साझ प्रधानमन्त्री ओलीले कोरोना संक्रमणकाे कारण एक नेपालीकाे मृत्यु र अन्य १० जनामा संक्रमण फैलिरहेकाे विषयमा केन्द्रित रहेर कुराकानी गरेका हुन्। प्रधानमन्त्री अाेलीसँगकाे कुराकानीमा त्यहाँका युवराजले नेपालीहरु इमान्दार र परिश्रमी भएकाे बताउदै त्यहा रहेका नेपालीलाई अाफ्नाे नागरिक सरह व्यवहार गर्ने प्रतिवद्धता व्यक्त गरेकाे अाेलीले ट्विटर मार्फत जानकारी गराएका छन् ।

उनीहरुले युएईको आर्थिक विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्दछु, ढुक्क रहनुहोस् नेपालीलाई युएईका नागरिकसरह नै व्यवहार र सहयोग गर्छाैं,’ युवराजको भनाइ उदृत गर्दै प्रधानमन्त्रीले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?