अमेरिकासँग युद्धको तयारीमा भेनेजुयला, देशभरी राख्यो ‘तोप’

काठमाडौं । भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकाबाट आफ्नो सुरक्षाका लागि देशैभरि तोप तैनाथ गरेका छन् ।

उनले भने, यदि अमेरिकाले हमला गरेको खण्डमा अमेरिकालाई उसकै भाषामा जवाफ दिने तयारी गरेका छौँ ।

वास्तविकता यो छ कि, भेनेजुयलाका राष्ट्रपतिमाथि अमेरिकाले यस अगाडि नै उनको मोल तोकिसकेको छ । अमेरिकाले मादक पदार्थ तस्करी गरेको आरोपमा उनको मूल्य डेढ करोड डलर तोकेको थियो ।

मादुरोले देशको जनताहरुको रक्षाका लागि यो आदेश दिएको बताएका छन् ।

मादुरोले एक ट्वीट गर्दै लेखेका छन्, ‘मैले आफ्नो देशका नागरिकहरुको सुरक्षाका लागि यो रणनीतिक रुपबाट हरेक इलाकामा तोप तयार गर्न आदेश दिएको हुँ ।’

उनले भनेका छन् कि, म कोलम्बिया तथा अमेरिकाबाट पोषित समूहहरको निन्दा गर्दछु, जसले कारवाहीको माध्यमद्वारा हाम्रो देशको स्थिरतालाई कमजोर बनाउन चाहान्छन् ।

यो भन्दा अगाडि मंगलवार मादुरोले विश्वभरिका नेताहरुलाई सम्बोधन गर्दै भनेजुयला सरकारलाई सहयोग गर्न आग्रह गरेका छन् ।

उनलाई यो डरले पनि सताईरहेको छ कि, अमेरिकाले उनलाई गिरफ्तार गर्नको लागि केहि कारवाहीको कदम चाल्न सक्दछ ।

मादुरोका अनुसार अमेरिकाले लगाएको ड्रग्स तस्करको आरोप सरासर झुटो भएको बताएका छन् । अमेरिकाले बिना प्रमाण आरोप लगाईरहेको उनले बताएका छन् ।

यो भन्दा अगाडि अमेरिकाले घोषणा गरेको थियो कि, कसैले मादक पदार्थको तस्करीको मामिलामा भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोको गिरफ्तारी गर्न मिल्ने सूचना दिनेलाई १.५ करोड डलर दिने घोषणा गरेको थियो ।

यो घोषणा स्वयं अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले गरेका थिए । भारतीय पत्रिका नवभारत टाइम्समा उक्त खबर प्रकाशित गरिएको छ ।

एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?