काठमाडौं । टर्किस संगीतकर्मी हेलिन बोलेकको आमरण अनसनको क्रममा निधन भएको छ। बोलेक र ब्यान्डका अर्का सदस्य इब्राहिम गोसेक ब्यान्डमाथिको प्रतिबन्ध फुकुवा गर्ने मागसहित अनशनमा थिए। टर्कीको क्रान्तिकारी सांगीतिक ब्यान्ड ‘ग्रुप योरम’की सदस्य रहेकी उनको आमरण अनशनको दुई सय ८८ औं दिनमा निधन अन्तराष्ट्रिय सञ्चार माध्ययम सामिडाउनले जनाएको छ ।
हेलिन बोलेक र इब्राहिम गोकेकको आमरण अनशनको उद्देश्य उनीहरूको आफ्नो स्वतन्त्रता मात्र थिएन। बरु, उनीहरूले पाँच स्पष्ट मागहरू बनाए । उनीहरुको माग यस्ता रहेका थिए :
- इदिल सांस्कृतिक केन्द्र र ग्रुप योरममा छापा मार्न छाड्नु पर्ने।
- ब्यान्डका सदस्यहरुलाई खोजीको सूचीबाट हटाइनु पर्ने।
- उनीहरुको ब्यान्ड र कार्यक्रममाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने।
- ब्यान्डविरुद्धको मुद्धा फिर्ता लिइनु पर्ने।
- पक्राउ परेका ब्यान्डका सात जना सदस्यलाई रिहा गरिनु पर्ने।
ब्यान्डमा टर्किस र कुर्दिस सदस्यहरु थिए। उनीहरुको प्राय गीत स्वतन्त्रताका लागि गरेको संघर्ष, अन्तर्राष्ट्रिय ऐक्यवद्धता र दैनिक मजदुरी गर्नेहरुको पक्षमा छन्। टर्कीमा चर्चित यस ब्यान्डका कन्सर्टहरुमा हजारौं दर्शक, स्रोताको उपस्थिति हुन्छ। तर राज्यस्तरबाट भने उनीहरुको कार्यालयदेखि कार्यक्रम स्थलमा पटक पटक छापा मारिएको छ। उनीहरुको सदस्यलाई विना कारण पक्राउ गर्ने र यातना दिने गरेको खबर समेत सार्वजनिक हुन्थे।
तीन साताअघि भने अनशनमा रहेका बोलेक र गोसेक बसेको ठाउँमा टर्कीको सुरक्षा फौजले छापा मार्यो। सामिडाउनका अनुसार उनीहरुलाई जबरजस्ती खाना खुवाउनका लागि अस्पताल समेत लगिएको थियो। तर, उनीहरुले खाना खाएनन्। छ दिनको अस्पताल बसाइपछि उनीहरु पुन: अनशनस्थल फर्किएका थिए।

२८ वर्षीया बोलेक सन् २०१९ को नोभेम्बरमा रिहा भएकी थिइन्। त्यसको ठीक तीन महिनापछि इब्राहिम पनि निस्किए। उनीहरु आफ्नो माग पूरा नभएसम्मका लागि अनशनमा रहन प्रतिवद्ध थिए। अप्रिल ३ मा बोलेकको निधन भयो। इब्राहिम भने आफ्नो अनशनको २९१ औं दिनमा छन्।

मुक्ति संघर्षमा हेलिन बोलेकको उनको मृत्युले टर्की राज्यको घातक प्रकृतिलाई देखाउँदछ, जसले दशौं हजार राजनीतिक कार्यकर्ता, वकिल, राजनीतिज्ञ, पत्रकार र संगीतकारलाई जेलमा राख्छ। वास्तवमा यो सामूहिक कारावास र दमनको यो प्रणाली बिरूद्ध हो कि हेलिन बोलेक संघर्ष गरिरहेका थिए।
एक बयानमा, पीपुल्स फ्रन्ट अफ टर्कीले भने, “जब एकेपीले यी सबै शोषण र उत्पीडनलाई निरन्तरता दियो भने यसले जनतालाई सबै अन्यायको सामना गर्न चुप गराउन आफैं बाहेक अरु सबै क्षेत्रमा आक्रमण गरेको छ। जनतालाई मौन पार्न, उनीहरूलाई यसको प्रणालीप्रति वफादार हुन, क्रान्तिकारीहरूले पहिले चुप लाग्नु पर्छ। यसले क्रान्तिकारीमाथि सबैभन्दा ठूलो हमला गरेको छ र हिरासत, जेल र नरसंहारको नीतिले उनीहरूलाई चुप गराउने प्रयास गरेको छ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया